सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

तनावकाबीच ताइवान ओर्लिइन् अमेरिकी सभामुख पेलोसी

तनावकाबीच ताइवान ओर्लिइन् अमेरिकी सभामुख पेलोसी

साझा पोष्ट
मंगलबार, साउन १७ २०७९
  • images
    तनावकाबीच ताइवान ओर्लिइन् अमेरिकी सभामुख पेलोसी
    images
    काठमाडौं । चीनसँगकाे चर्को तनावकाबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन्। सोमबार एसिया भ्रमणमा निस्केकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी छन। उनी चढेको यूएस सी–४० सी विमान मलेसियाबाट सिधै दक्षिण चीन सागर हुँदै जानुको सट्टा घुमेर फिलिपिन्स सागर माथिबाट ताइवान पुगेको थियो।चिनियाँ जनमुक्ति सेनाको विमानले बाटो छेक्न सक्ने अनुमान गरेर पेलोसीको विमानले घुमाउरो बाटाे प्रयाेग गरेको अनुमान गरिएको छ। पेलोसीको विमानलाई ताइवानी सैन्य विमानहरुले एस्कोर्ट गरेका थिए।यो भ्रमणलाई लिएर अमेरिका र चीनबीचको तनाव शिखरमा छ। अमेरिका र चीन दुवैले ताइवान जलसन्धिमा सैन्य गतिविधि र तयारी बढाएका छन्। पिपुल्स डेलीले पेलोसी उत्रिनै लाग्दा चिनियाँ एसयू–३५ लडाकु विमानले ताइवान जलसन्धि पार गरेको बताएका छन्।पेलोसीले बुधबार ताइवानी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो।  ताइवानलाई चीनले आफ्नो भूमि भन्दै आए पनि ताइवानमा छुट्टै सरकार छ । जसलाई अमेरिकाले सहयोग गर्दै आएको छ । अमेरिकी सभामुखको यो भ्रमणले चीन र अमेरिकाबीच तनाव उच्चस्तरमा बढेको छ । चीनले आफ्नो सार्वभौमसत्ताका लागि जस्तो पनि जवाफ दिने चेतावनी दिएको छ । पेलोसीको भ्रमणको विषयलाई लिएर चीनको कडा प्रतिक्रिया आइरहेको बेला अमेरिकाले चारवटा युद्धपोतलाई ताइवानको नजिक ल्याएको छ । ती युद्धपोतहरू पेलोसीको भ्रमणसँग जोडिएको आशंका गरिएको छ । यूएसएस रोनाल्ड रेगन एयरक्राफ्ट क्यारियरलाई पनि ताइवानको पूर्वमा ल्याएर राखिएको छ । यसैबीच पेलाेसीकाे ताइवान भ्रमणबारे रूसले कडा विराेध जनाएकाे छ । समाचार एजेन्सी राेयटर्सका अनुसार रूसी विदेश मन्त्रालयले पेलाेसीकाे ताइवान भ्रमणले चीन र अमेरिकाबीच तनाव बढाउने भन्दै विराेध जनाएकाे छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार