सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकाले चिनियाँ बेलुन समुद्रमा खसाल्यो

अमेरिकाले चिनियाँ बेलुन समुद्रमा खसाल्यो

साझा पोष्ट
आइतबार, माघ २२ २०७९
  • images
    अमेरिकाले चिनियाँ बेलुन समुद्रमा खसाल्यो
    images

    एजेन्सी । अमेरिकी वाइडेन प्रशासनले अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।

    images
    images

    उक्त वेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त वेलुनलाई खसालिएको हो । 

    images
    images

    ‘चीनले हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन गरेको प्रतिक्रियास्वरूप वेलुन खासाल्नु ‘जानाजानी गरिएको र विधिसम्मत कदम’ हो, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले  भनेका छन् । 

    तर चीनको विदेश मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको निन्दा गर्दै ‘नागरिक’ विमान (वेलुन) खसालेको घटना’ स्पष्ट रूपमा अतिरञ्जित र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लङ्घन’ भएको बताएको छ ।

    एक वरिष्ठ रक्षा अधिकारीले पत्रकारहरूसँग भने, ‘शनिबार अपरान्ह सेनाले बेलुनलाई ‘अमेरिकीहरूको सुरक्षाको लागि खतरा उत्पन्न नगर्ने गरी’ खसाल्ने पहिलो मौका थियो । 

    प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा बेलुन सेतो पफमा टुक्रिएको जस्तो देखिएको थियो र यसको अवशेष तल एटलान्टिक महासागरमा सिधै खसेको देखिएको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार