सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

साझा पोष्ट
आइतबार, माघ २२ २०७९
  • images
    पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन
    images

    एजेन्सी । पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आएका पूर्व सैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख जेनरल परवेज मुशर्रफको निधन भएको छ।

    images
    images

    उनी ७९ वर्षका थिए र केही समयदेखि बिरामी थिए। पाकिस्तानको सुरक्षा बलका प्रमुखहरूले जनरल मुसर्रफको निधनमा समवेदना प्रकट गरेको बीबीसी उर्दुले जनाएको छ।

    images
    images

    पूर्व सैन्य राष्ट्रपतिको परिवारले उनी एमलोइडोसिन नामको रोग झेलिरहेको जनाएको थियो। यस रोगमा शरीरको प्रोटिन मोलिक्युल्स निष्क्रिय बन्छन् र बिरामीका अङ्गहरूमा असर पर्छन्।

    परवेज मुशर्रफ स्वास्थ्योपचारका लागि अदालतबाट जमानत पाएयता यूएईमा बसिरहेका थिए। पाकिस्तानका हालसम्मका अन्तिम सैन्य शासक मुशर्रफको भाग्य पछिल्ला दुई दशकमा अस्थिर देखिएको थियो।

    सन् १९९९ मा शक्ति हात पारेयता उनी सयौँ हत्या प्रयासमा बच्न सफल भएका छन्। र उनी पश्चिमा विश्व र ईश्लामिक लडाकुहरूबिचको लडाइँमा अग्रपङ्क्तिमा देखिएका थिए।

    तर उनको राजनीतिक दल सन् २००८ को निर्वाचनमा पराजय भोगेको थियो र उनीमाथि देशको संविधानलाई गैरकानुनी रूपले निलम्बन गरेको एवं आपत्काल लगाएको आरोप लागेको थियो।

    शक्तिमा उदाएको २० वर्षपछि अदालतले उनलाई आफ्नो अनुपस्थितिमा संविधानको उल्लङ्घन गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो। मुशर्रफ अगस्ट ११, १९४३ मा दिल्लीमा एक उर्दूभाषी परिवारमा जन्मिएका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार