सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा ५० जनाको मृत्यु, संकटकाल घोषणा

टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा ५० जनाको मृत्यु, संकटकाल घोषणा

साझा पोष्ट
सोमबार, माघ २३ २०७९
  • images
    टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा ५० जनाको मृत्यु, संकटकाल घोषणा
    images

    एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प गएको छ। सिरियासँगको सीमानजिकै दक्षिण पूर्वी टर्कीस्थित गाजीयान्टेपमा बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । 

    images
    images

    भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको थियो । भूकम्पमा परी कम्तीमा ५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

    images
    images

    भूकम्पका कारण टर्कीयको १० वटा सहर प्रभावित बनेका छन् । सरकारी अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । 

    शक्तिशाली भूकम्प गएपछि त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ।भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधारमा ठूलो क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ। 

    समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयानुसार बिहान ४.१७ बजे गएको थियो। यसको १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो। टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रसलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार