सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टर्कीमा फेरि अर्को भुकम्पको धक्का, अहिलेसम्म १३ सयको ज्यान गयाे

टर्कीमा फेरि अर्को भुकम्पको धक्का, अहिलेसम्म १३ सयको ज्यान गयाे

साझा पोष्ट
सोमबार, माघ २३ २०७९
  • images
    टर्कीमा फेरि अर्को भुकम्पको धक्का, अहिलेसम्म १३ सयको ज्यान गयाे
    images

    काठमाडौं । टर्कीमा फेरि भूकम्पको अर्को धक्का गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेटमा  पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images
    images

    १७.९ किमिको गहिराइसम्म पुगेको  भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ । टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

    images
    images

     घटनास्थलमा उद्धार कार्य जारी  छ । अन्तर्राष्ट्रिय समाचार संस्था न्युयोर्क टाइम्सले भने भूकम्पमा १३ सयभन्दा धेरैको मृत्यु हुनुका साथै हजारौं घाइते भएको जनाएको छ ।

    यद्यपि मृत्यु हुने र घाइतेको संख्याबारे विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक छन । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको बताएका छन ।  रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । 

    टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । टर्की भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्र हो । यहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार