सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टर्कीको भुकम्पमा परी २ हजार भन्दा बढीको मृत्यु 

टर्कीको भुकम्पमा परी २ हजार भन्दा बढीको मृत्यु 

साझा पोष्ट
सोमबार, माघ २३ २०७९
  • images
    टर्कीको भुकम्पमा परी २ हजार भन्दा बढीको मृत्यु 
    images


    काठमाडौं । टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजारभन्दा धेरै पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।  हजारौंको मानिस घाइते भएका छन् ।

    images
    images

    सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेटमा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो अर्को शक्तिशाली भूकम्प गएको थियो ।

    images
    images


     त्यसबीचमा सयौं परकम्प गएका थिए ।  १७.९ किमीको गहिराइसम्म पुगेको विहानको भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

    अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । तथापि  मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले फरक फर तथयांक सार्वजनिक गरेका  छन ।। सीएनएनका अनुसार सिरिया र टर्कीमा मृत्यु हुनेको संख्या २३ सय नाघिसकेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १५ सयभन्दा धेरै पुगेको छ ।
     ।

    यसैबीच टर्कीको भूकम्पमा परी घानाका फुटबलर क्रिस्चियन अत्सु बेपत्ता भएका छन् । घानाको राष्ट्रिय टोलीका खेलाडी क्रिस्चियन अत्सु सोमबार टर्कीमा गएको भूकम्पमा परी बेपत्ता भएका हुन् । ३१ वर्षीय खेलाडी क्रिस्चियन पाँच वर्षसम्म न्यु क्यासलबाट खेलेका थिए । भूकम्पमा परी बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार