सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टर्की र सिरियामा भूकम्पबाट ४३ सयको मृत्यु, १७ हजारभन्दा बढी घाइते, विश्वका नेताबाट दुःख व्यक्त

टर्की र सिरियामा भूकम्पबाट ४३ सयको मृत्यु, १७ हजारभन्दा बढी घाइते, विश्वका नेताबाट दुःख व्यक्त

साझा पोष्ट
मंगलबार, माघ २४ २०७९
  • images
    टर्की र सिरियामा भूकम्पबाट ४३ सयको मृत्यु, १७ हजारभन्दा बढी घाइते, विश्वका नेताबाट दुःख व्यक्त
    images

    काठमाडौं । टर्कीमा सोमबार बिहान गएको शक्तिकाली भूकम्पमा परि मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको गाजियनटेप सहर केन्द्रबिन्दु भएर भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३ सयभन्दा बढी जनाको मृत्यु भएको हो।

    images
    images

    सोमबार टर्कीमा १२ घण्टाभित्र ७.८, ७.६ र ६.० म्याग्निच्युडका तीनवटा शक्तिशाली भूकम्प गएका थिए। सबैभन्दा धेरै विनास र मृत्यु टर्की र यसको छिमेकी देश सिरियामा भएको छ। 

    images
    images

    भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको र १५ हजारभन्दा बढी मानिस घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 


    यस्तै छिमेकी मुलुक सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी जना घाइते भएको छन्। टर्कीका दक्षिणपूर्वी सहरहरूमा ३ हजार ४ सयभन्दा बढी भवन ध्वस्त भएको बताइएको छ। 

    टर्कीका १० वटा सहरमा क्षति पुगेका छन् भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्।  सिरियाको एलेप्पो, हामा, लाटाकिया र टार्टसमा बढी क्षति पुगेको छ। यो भूकम्प यस क्षेत्रमा १ सय वर्षयताकै ठूलो भएको बताइएको छ। भूकम्पपछि दर्जनौं परकम्प गएको टर्कीको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

    विश्वका नेताहरुले विनाशकारी भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्। 

    बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, इजरायली राष्ट्रपति आइज्याक हर्जोग, अमेरिकाको ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायतले सहयोगको प्रतिबद्धता जनाएका हुन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार