सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टर्की भूकम्पबाट दुई करोड ३० लाख प्रभावित, मृतकको संख्या २० हजार नाघ्न सक्ने अनुमान

टर्की भूकम्पबाट दुई करोड ३० लाख प्रभावित, मृतकको संख्या २० हजार नाघ्न सक्ने अनुमान

साझा पोष्ट
बुधबार, माघ २५ २०७९
  • images
    टर्की भूकम्पबाट दुई करोड ३० लाख  प्रभावित, मृतकको संख्या २० हजार नाघ्न सक्ने अनुमान
    images

    सिरियाको सीमा नजिकै टर्कीमा गत सोमवार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ । अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२  जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

    images
    images

    टर्कीमा आठ हजारभन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।

    images
    images

    दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण सङ्कलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् । 

    दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार ठूला भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनले भूकम्पका ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् । मान्छे खोज्ने कुकुर र विशेष उपकरणसहित पुगेका उनीहरुले उद्दारको काम गरिरहेका छन्।

    अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको बताइएको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् ।

    टर्की र सिरियाको सिमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । कैयौं परकम्पहरु पनि गइरहेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार