सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टर्की र सिरियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या साढे १५ हजार पुग्यो

टर्की र सिरियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या साढे १५ हजार पुग्यो

साझा पोष्ट
बिहीबार , माघ २६ २०७९
  • images
    टर्की र सिरियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या साढे १५ हजार पुग्यो
    images

    काठमाडौं । गत  सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या साढे १५ हजार पुगेको छ । 

    images
    images

    टर्कीको प्रकोप र आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार त्यहाँ मृत्यु हुनेको संख्या १२ हजार ३९१ पुगेको छ । सिरियामा कम्तीमा दुई हजार ९९२ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    images
    images

    विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ । सीएनएनका अनुसार खोज र उद्धारकार्य जारी छ । उद्धार टोलीहरूलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा खटाइएको छ । हजारौँ भत्किएका भवनहरू र चिसो मौसमका कारण उनीहरूले उद्धारमा कठिनाइ भोगिरहेका छन् ।

    मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७‍.९ किलोमिटर गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार