सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बीबीसीको दिल्लीस्थित कार्यालयमा आयकर विभागको छापा

बीबीसीको दिल्लीस्थित कार्यालयमा आयकर विभागको छापा

साझा पोष्ट
मंगलबार, फागुन २ २०७९
  • images
    बीबीसीको दिल्लीस्थित कार्यालयमा आयकर विभागको छापा
    images

    काठमाडौं । भारतको आयकर विभागले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा छापा मारेको छ ।

    images
    images

    भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको छ । सबै कर्मचारीको कर्मचारीहरुलाई कार्यालय छोडेर घर जान भनिएको छ । लण्डनस्थित बीबीसीको कार्यालयमा छापामारेको विषयमा जानकारी दिइएको पनि बताइएको छ ।

    images
    images

    केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो ।

    मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।


    भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार