सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टर्कीमा फेरी अर्को शक्तिशाली भूकम्प

टर्कीमा फेरी अर्को शक्तिशाली भूकम्प

एजेन्सी । टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। दक्षिण टर्कीमा सोमबार ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। टर्कीको प्रकोप तथा आपतकालीन निकाय अफादका अनुसार सोमबार स्थानीय समय अनुसार राती ८ बजेर ४ मिनेटमा भूकम्प गएको हो।

साझा पोष्ट
मंगलबार, फागुन ९ २०७९
  • images
    टर्कीमा फेरी अर्को शक्तिशाली भूकम्प
    images

    एजेन्सी । टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। दक्षिण टर्कीमा सोमबार ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। टर्कीको प्रकोप तथा आपतकालीन निकाय अफादका अनुसार सोमबार स्थानीय समय अनुसार राती ८ बजेर ४ मिनेटमा भूकम्प गएको हो।

    images
    images

    सोमबार गएको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन्। यो भूकम्प आएपछि दर्जनौं पटक परकम्पको धक्का महसुस गरिएको थियो।

    images
    images

    यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्। फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्प गएको करिब तीन सातापछि यो भूकम्प आएको हो। फेब्रुअरी ६ मा गएको भूकम्पले टर्की र सिरियामा ४५ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार