सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

तीन बेलायती नागरिक तालिबानको कब्जामा 

तीन बेलायती नागरिक तालिबानको कब्जामा 

काठमाडौं । अफगानिस्तानमा चिकित्सक र पर्यटक व्यवसायीसहित तीन बेलायती नागरिकलाई तालिबानले हिरासतमा राखेको छ। अफगानिस्तानस्थति मानवअधिकार सम्बन्धी संस्थाले गएको जनावरीमा ५३ वर्षीय चिकित्सक केभिन कर्नवेल र अर्का होटल प्रवन्धक (जसको नाम खुलेको छैन) लाई गोप्य प्रहरी हिरासतमा राखेको जनाएको छ।

साझा पोष्ट
आइतबार, चैत १९ २०७९
  • images
    तीन बेलायती नागरिक तालिबानको कब्जामा 
    images

    काठमाडौं । अफगानिस्तानमा चिकित्सक र पर्यटक व्यवसायीसहित तीन बेलायती नागरिकलाई तालिबानले हिरासतमा राखेको छ।

    images
    images

    अफगानिस्तानस्थति मानवअधिकार सम्बन्धी संस्थाले गएको जनावरीमा ५३ वर्षीय चिकित्सक केभिन कर्नवेल र अर्का होटल प्रवन्धक (जसको नाम खुलेको छैन) लाई गोप्य प्रहरी हिरासतमा राखेको जनाएको छ।

    images
    images

    यस्तै २३ वर्षीय माइल्स रुटलेजलाई तालिबानले नियन्त्रणमा लिएको छ। तालिबानी सरकार आएपछि रुटलेज बेलायतको एयरक्राफ्टमार्फत स्वदेश फर्किएका थिए। साहशिक यात्रा गर्ने उनी खतरनाक ठाउँको भ्रमण गर्ने हुँदा छुट्टी मनाउन हालै मात्रै पुनस् अफगानिस्तान गएको बताइएको छ।

    बेलायतको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तालिबानले हिरासतमा राखेको पुष्टि गर्दै अफगानिस्तानमा हिरासतमा रहेका नागरिकसँग सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार