सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरालयमा प्रधानमन्त्री नेतान्याहूविरुद्ध लाखौं नागरिक सडकमा

इजरालयमा प्रधानमन्त्री नेतान्याहूविरुद्ध लाखौं नागरिक सडकमा

साझा पोष्ट
आइतबार, चैत १९ २०७९
  • images
    इजरालयमा प्रधानमन्त्री नेतान्याहूविरुद्ध लाखौं नागरिक सडकमा
    images

    काठमाडौं । इजरायली सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा लाखौँ नागरिक प्रदर्शनमा उत्रिएका छन्।

    images
    images

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले न्यायपालिकासम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुवात देखि इजरायलमा अशान्त रहेकोमा १३ औँ  हप्ता प्रदर्शनकारीहरू निरन्तर सडकमा छन्।
    इजराली मिडियाले शनिबार आन्दोलनमा १ लाख ५० हजारभन्दा बढी नागरिक सहभागी रहेको अनुमानित तथ्यांक निकालेको छ। प्रदर्शनको विपक्षी दल र अभियन्ताहरूले नेतृत्व गरिरहेका छन्।

    images
    images

    प्रदर्शनकै क्रममा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहूले न्यायपालिका कमजोर हुनेगरी कानूनी संशोधनको तयारी गरेका थिए। उक्त विरोधमा निरन्तर नागरिकहरू त्यहाँको सहर तेल अभिभमा प्रदर्शनमा छन्।शनिबार इजरायलको झण्डासहित नेतान्याहू सरकार कट्टर दक्षिणपन्थी भन्दै नाराबाजी गरेका थिए । 

    केही साना र्‍यालीहरू त्यहाँका साना सहरहरूमा पनि भएका थिए। प्रस्तावित कानूनको संशोधनले न्यायपालिकाको ओज घटाइ न्यायाधीश चयन सरकारले गर्ने बताइएको छ, जसले लोकतन्त्र खतरामा पर्ने प्रदर्शनकारीको आरोप छ । 

    गएको सोमबार नेतान्याहूले संसद्‌मा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार