सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ट्वीटरको लोगो फेरियो : चराको ठाउँमा कुकुर

ट्वीटरको लोगो फेरियो : चराको ठाउँमा कुकुर

काठमाडौं । ट्वीटरमा मालिक एलन मस्कल ट्विटरको लोगो फेरेका छन् । ट्विटरका मालिक एल‍न मस्कले लोगोबाट चरो हटाएर कुकुर राखेका छन्। एलन मस्कले स्वामित्व लिएपछि भएको या अर्को अनपेक्षित परिवर्तन हो ।  

साझा पोष्ट
मंगलबार, चैत २१ २०७९
  • images
    ट्वीटरको लोगो फेरियो : चराको ठाउँमा कुकुर
    images

    काठमाडौं । ट्वीटरमा मालिक एलन मस्कल ट्विटरको लोगो फेरेका छन् । ट्विटरका मालिक एल‍न मस्कले लोगोबाट चरो हटाएर कुकुर राखेका छन्।

    images
    images

    एलन मस्कले स्वामित्व लिएपछि भएको या अर्को अनपेक्षित परिवर्तन हो ।  मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।
    अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक  कुकुरको चित्र नै देखिन थालेको छ ।

    images
    images

    यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ । सन् २००६ देखि सञ्चालनमा आएको ट्विटरको लोगो फेरिएको यो पाँचौँपटक हो।सुरुमा चरोको लोगो राखिएकोमा ०७, ०९, ०१० र ०१२ मा लोगो फेरिएको थियो। यी चारैपटक ट्विटरको लोगोमा समानता भने थियो। ती सबै चरोकै लोगो थिए, मात्रै प्रकार फरक थिए।

    ११ वर्ष पछि फेरिएको नयाँ लोगोमा पहिलोपटक चरो बाहेक अन्य जनावर राखिएको हो। विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले  क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।

    ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो  डगी नै भएको पुष्टि गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार