सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

उनिमाथि ३४ वटा जघन्य अपराधका मुद्दा दर्ता भएकाछन् । तर उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ । उनि आफै अदालतमा पुगेका थिए र  उनलाई अदालतमा बयान सुरु हुनु अघि नै प्रहरी हिरासतमा राखेको थियो । अदालत पुगेपछि उनलाई पक्राउ गरिएको जानकारी गराइएको थियो ।

साझा पोष्ट
बुधबार, चैत २२ २०७९
  • images
    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
    images

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    images
    images

    उनिमाथि ३४ वटा जघन्य अपराधका मुद्दा दर्ता भएकाछन् । तर उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

    images
    images

    उनि आफै अदालतमा पुगेका थिए र  उनलाई अदालतमा बयान सुरु हुनु अघि नै प्रहरी हिरासतमा राखेको थियो । अदालत पुगेपछि उनलाई पक्राउ गरिएको जानकारी गराइएको थियो ।

    उनी आपराधिक आरोपको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्। एक पोर्न स्टारलाई रकम दिएर अपराध लुकाउन प्रेरित गरेको मुख्य आरोप ट्रम्पलाई लागेको छ । 

    म्यानहट्टन अदालतमा न्यायाधीश जुआन मार्चानको अगाडि उनले आफूले कुनै अपराध नगरेको बताए । उनले राज्यले आफूलाई पटक पटक गलत आरोप लगाएर गैर नागरिकलाई जस्तो व्यवहार गरेको गुनासो गरेका छन् । कुनै प्रमाणविना सन् २०१६ देखि नै आफूमाथि नियोजित आक्रमण भइरहेको उनको भनाई छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार