सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एक घण्टाको गिरफ्तारीपछि रिहा भएर फ्लोरिडा उडे अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

एक घण्टाको गिरफ्तारीपछि रिहा भएर फ्लोरिडा उडे अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

एजेन्सी । सन् २०१६ को चुनावअघि वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई  रकम दिएकोसहित ३४ वटा मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा उडेका छन्। मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो।

साझा पोष्ट
बुधबार, चैत २२ २०७९
  • images
    एक घण्टाको गिरफ्तारीपछि रिहा भएर फ्लोरिडा उडे अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
    images

    एजेन्सी । सन् २०१६ को चुनावअघि वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई  रकम दिएकोसहित ३४ वटा मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा उडेका छन्।

    images
    images

    मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो। बिहीबारको एक ग्रान्ड जुरीले ट्रम्पमाथि अभियोग चलाउने निर्णयअनुसार मंगलबार दिउँसो अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो।

    images
    images

    सुनुवाइको क्रममा अदालत पुगेर ट्रम्पले आत्मसमर्पण गरेका थिए। दिउँसो प्रहरीसामु आत्मसमर्पण गरेका उनलाई प्रहरीले ५७ मिनेट नियन्त्रणमा राखेको थियो। यद्यपि, उनलाई हतकडी भने लगाइएको थिएन।

    ट्रम्पलाई अदालतमा उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो। त्यसपछि उनले अपराध अस्वीकार गर्दै प्रतिवादी अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरेका थिए। 

    ५७ मिनेटको गिरफ्तारीपछि उनलाई रिहा पनि गरिएको छ। रिहापछि प्रतिक्रिया दिँदै उनले आरोप अस्वीकार गरे। त्यसपछि उनी गृहराज्य फ्लोरिडा उडेका छन्। अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा तोकिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार