सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

युरोप अमेरिकाको अनुयायी बन्नु हुँदैन: राष्ट्रपति म्याक्रों 

युरोप अमेरिकाको अनुयायी बन्नु हुँदैन: राष्ट्रपति म्याक्रों 

ताइवानको विषयमा युरोपले बोल्न नहुने

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले  युरोपले अमेरिकासँगको निर्भरता घटाउँदै लैजानुपर्ने बताएका छन् । चीनको तीनदिने भ्रमण सकेर पेरिस फर्किने क्रममा विमानमा लिइएको एक अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोंले अमेरिकासँगको निर्भरता घटाउनुपर्ने भन्दै ताइवानको विषयलाई लिएर भइरहेको चीन-अमेरिका विवादमा युरोपलाई तान्न नहुने बताएका हुन् ।

साझा पोष्ट
सोमबार, चैत २७ २०७९
  • images
    युरोप अमेरिकाको अनुयायी बन्नु हुँदैन: राष्ट्रपति म्याक्रों 
    images

    काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले  युरोपले अमेरिकासँगको निर्भरता घटाउँदै लैजानुपर्ने बताएका छन् ।

    images
    images

    चीनको तीनदिने भ्रमण सकेर पेरिस फर्किने क्रममा विमानमा लिइएको एक अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोंले अमेरिकासँगको निर्भरता घटाउनुपर्ने भन्दै ताइवानको विषयलाई लिएर भइरहेको चीन-अमेरिका विवादमा युरोपलाई तान्न नहुने बताएका हुन् ।

    images
    images

    करिब ६ घण्टा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटपछि अन्तर्राष्ट्रिय समाचार संस्था पोलिटिको र दुई फ्रान्सेली पत्रकारसँग कुरा गर्दै उनले युरोपमा ‘कूटनीतिक स्वाधिकार’ हुनुपर्ने विषयमा जोड दिएका हुन् । ‘युरोपका लागि सबैभन्दा ठूलो जोखिम भनेकै हामी अरुको संकटमा छिर्न खोज्छौं, जसले हामीलाई कूटनीतिक स्वाधिकारबाट वञ्चित गरिरहेको छ‚’ उनले भने, सबैभन्दा विरोधाभासपूर्ण कुरा त के हो भने‚ हामी आफैं अमेरिकाको अनुयायी बन्नमा विश्वास गर्छौं । यो प्रश्नको उत्तर युरोपले नै दिनुपर्नेहुन्छ‚ के ताइवानसँग सम्बन्धित विवादलाई हामी झन् बढाउन चाहन्छौं त ? , चाहँदैनौं ।’

    म्याक्रोंको कूटनीतिक स्वाधिकारको नीतिलाई चिनियाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीले प्रशंसा गर्दै यो विषय युरोप र चीनका लागि नयाँ मार्ग निर्धारण गर्ने सेतु बन्न सक्ने बताएका छन् । 
    अन्य देशको मुद्दामा तुरुन्त कसैको पक्ष र विपक्षमा उभिइहाल्ने स्वभाव राम्रो नभएको भन्दै उनले यस्ता विषय सतहमा आउनासाथ पछ्याइहाल्ने र अमेरिकी एजेन्डालाई समर्थन गरिहाल्नु राम्रो नभएको बताएका छन् । त्यस्तै उनले युक्रेन-रुस विवादमा युक्रेनको संकट समाधान गर्न असमर्थ भएसँगै अब ताइवानको विषयमा युरोपले बोल्न नहुने म्याक्रोंले बताएका छन् ।

    फ्रान्सेली राष्ट्रपति म्याक्रों तीनदिने भ्रमण सकेर फर्किएपछि चीनले ताइवानसँगको सिमानानजिकै रहेको चीनको स्वशासित क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ ।  अभ्यास मध्यअमेरिकी देशहरूमा ताइवानका राष्ट्रपति साइ इङ(वेनले गरेको १० दिने कूटनीतिक भ्रमणको प्रत्युत्तर भएको चीनले बताएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार