सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

उत्तरप्रदेशमा पूर्व सांसदको हत्या, पत्रकार बनेर आएका थिए आक्रमणकारी

उत्तरप्रदेशमा पूर्व सांसदको हत्या, पत्रकार बनेर आएका थिए आक्रमणकारी

दुई दिन अघि मात्रै अतिक अहमदका छोरा असद र उनका सहयोगी गुलाम मोहम्मदलाई झाँसीमा उत्तर प्रदेश प्रहरीको विशेष कार्य बलले एनकाउन्टरमा मारेको थियो ।

साझा पोष्ट
शनिबार, वैशाख २ २०८०
  • images
    उत्तरप्रदेशमा पूर्व सांसदको हत्या, पत्रकार बनेर आएका थिए आक्रमणकारी
    images

    एजेन्सी । उत्तर प्रदेशको प्रयागराजमा त्यहाँका पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ ।

    images
    images

    बिबिसी हिन्दीका अनुसार उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतिक अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीहरु पत्रकार बनेर आएका थिए । तीन आक्रमणकारी पक्राउ परेका छन् ।

    images
    images

    यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् । अतिक अहमदलाई प्रहरी सुरक्षामा गाडीबाट बाहिर निकालेर स्वास्थ्य परीक्षणका लागि लैजाने क्रममा गोली प्रहार भएको थियो । अतिक र उनका भाइको हात हत्कडीमा बाँधिएको थियो । 

    विधायक राजु पालको हत्याको आरोपमा अतिक अहमद र उनका भाइ अशरफ जेलमा परेका थिए। 

    _129374890_d8f754d3-4b81-4a68-98b9-2c7a4741104e1681598002.jpg

    हत्याका बेला अतिक अहमदका वकिल विजय मिश्रा पनि घटनास्थल नजिकै थिए । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, "अतीक अहमद र अशरफलाई कारबाट बाहिर निकाल्दै थिए। त्यतिकैमा गोली चलेको आवाज सुनियो। गोली चलाउनेहरूलाई प्रहरीले तुरुन्तै समात्यो।"

    दुई दिन अघि मात्रै अतिक अहमदका छोरा असद र उनका सहयोगी गुलाम मोहम्मदलाई झाँसीमा उत्तर प्रदेश प्रहरीको विशेष कार्य बलले एनकाउन्टरमा मारेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार