सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रुसी धम्कीको 'जी सेभन'द्वारा निन्दा

रुसी धम्कीको 'जी सेभन'द्वारा निन्दा

साझा पोष्ट
मंगलबार, वैशाख ५ २०८०
  • images
    रुसी धम्कीको 'जी सेभन'द्वारा निन्दा
    images

    ऐजेन्सी । उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी सेभनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भनेको छ ।

    images
    images

    क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका अतिरिक्त युरोपेली सङ्घ सदस्य रहेको उक्त मञ्चका विदेशमन्त्रीहरूको नागानोको कारुइजावामा भएको बैठकपछि रुसी राष्ट्रपतिको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । बैठकले रुसमाथि लगाइएका प्रतिबन्ध छल्न नदिन र तेस्रो पक्षबाट हुनसक्ने हतियार आपूर्ति रोक्न पारस्परिक समन्वयलाई सुदृढ तुल्याउन सहमति जनाउँदै आपसी एकतामा जोड दिएको छ । साथै बैठकले कोरियाली प्रायद्वीप र ताइवानको जलक्षेत्रमा शान्ति एवम् स्थायित्व कायम गर्न आवश्यक भएकामा जोड दिएको छ ।

    images
    images

    बैठकले अफगानिस्तानमा गैरसरकारी संस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायमा अफगान महिलालाई काम गर्न लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरेको छ । विदेशमन्त्रीहरूको बैठकले रुसलाईं सघाउने देशलाई कारबाही गर्ने चेनावनी पनि दिएको छ । युक्रेनमा युद्ध लड्न रुसलाई सहयोग गर्नेहरूले तयसको गम्भीर मूल्य चुक्ता गर्नुपर्ने चेतावनी बैठकले दिएको छ ।

    विदेशमन्त्रीहरूले उत्तरकोरियालाई क्षेप्यास्त्र परीक्षणबाट टाढा रहन पनि आह्वान गरेका छन् । यसैगरी, बैठकले सुडानमा सङ्घर्षरत दुवै पक्षलाई अविलम्ब शत्रुता त्यागेर वार्तामा बस्न र त्यसबाटै सबै समस्याको समाधान खोज्न आह्वान गरेको छ । राष्ट्रसङ्घी अधिकारीहरूका अनुसार शनिबारदेखि विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भएको झडपमा परी करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन् ।

    यसअघि राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने सुविधायुक्त स्थल आगामी जुलाई १ सम्ममा सम्पन्न हुने जनाउँदै बेलारुसका युद्धविमानलाई आणविक हतियार बोक्न सक्षम बनाउने गरी आधुनिकीकरण गर्न मद्दत गरिएको बताएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार