सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण, पाँच जनाको ज्यान गयो

जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण, पाँच जनाको ज्यान गयो

साझा पोष्ट
शुक्रबार, वैशाख ८ २०८०
  • images
    जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण, पाँच जनाको ज्यान गयो
    images

    काठमाडौं ।  जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने ठाउँमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

    images
    images

    यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेड हानेका थिए । त्यसपछि गाडीमा आगो लागेको थियो । 

    images
    images

    यो घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । उनीहरु चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए ।आक्रमणमा एक जना गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् । 


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार