सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

खालिस्तानी नेता अमृतपाल सिंहले आत्मसमर्पण गरे

खालिस्तानी नेता अमृतपाल सिंहले आत्मसमर्पण गरे

काठमाडौं । झण्डै एक महिना लामो भागदौडपछि स्वतन्त्र खालिस्तानको माग गर्दै आएका ‘वारिस पञ्जाब दे’का नेता अमृतपाल सिंहले पञ्जाब प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । पञ्जाबको मोगा जिल्लामा आइतबार बिहान उनले आत्मसमर्पण गरेका हुन् । लगत्तै उनलाई पक्राउ गरिएको पञ्जाब पुलिसका डिजी आरएन डोकलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएको छ ।

साझा पोष्ट
आइतबार, वैशाख १० २०८०
  • images
    खालिस्तानी नेता अमृतपाल सिंहले आत्मसमर्पण गरे
    images

    काठमाडौं । झण्डै एक महिना लामो भागदौडपछि स्वतन्त्र खालिस्तानको माग गर्दै आएका ‘वारिस पञ्जाब दे’का नेता अमृतपाल सिंहले पञ्जाब प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

    images
    images

    पञ्जाबको मोगा जिल्लामा आइतबार बिहान उनले आत्मसमर्पण गरेका हुन् । लगत्तै उनलाई पक्राउ गरिएको पञ्जाब पुलिसका डिजी आरएन डोकलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएको छ ।

    images
    images

    ‘सिंहलाई असामको डिब्रुगढ केन्द्रीय कारागारमा लगिनेछ, जहाँ उनका ९ जना सहयोगी पनि समेत थुनामा छन्’, डोकले भनेका छन् । उनको गिरफ्तारीपछि पञ्जाब पुलिसले ट्वीट गर्दै राज्यभरि शान्ति कायम गरी राख्न र अफवाह नफैलाउन आग्रह गरेको छ ।

    अमृतपाल सिंह पक्राउ परेको स्थान पञ्जाबमा मारिएका खालिस्तानी अभियन्ता जरनैल सिंह भिन्डरावालेको गाउँ हो । स्वतन्त्र खालिस्तानका अभियन्ताहरुले अमृतपालको उदयलाई ‘भिन्डरावाले २।०’का रुपमा व्याख्या गर्छन् ।

    भिन्डरावालेका आफन्त जसवीर रोडेले अमृतपालको आत्मसमर्पणबारे गएराति नै प्रहरीलाई जानकारी गराएको इन्डियन एक्सप्रेससँग बताएका छन् । ‘आज बिहान गुरुद्वारमा प्रार्थना गरेर आत्मसमर्पण गर्नेबारे जानकारी गराएका थियौं’, उनी भन्छन्, ‘आत्मसमर्पणको केही समय पहिले उहाँले छोटो सम्बोधन पनि गर्नुभएको थियो, ७ बजे प्रहरीले लगेको हो ।’

    अमृतपालकी आमाले सीएनएन न्यूज १८ सँग कुरा गर्दै अमृतपालले सिंह जसरी आत्मसमर्पण गरेको बताएकी छन । ‘म मेरो छोराबाट एकदमै गौरवान्वित छु, ऊ सिंह हो, सिंह जसरी आत्मसमर्पण गर्‍यो’, उनले भनेकी छन्, ‘अब कानूनी लडाइँ सुरु हुन्छ।’

    पञ्जाब प्रहरीका एक उच्च अधिकारी सुखचैन सिंह गिलले चाहिँ उनलाई प्रहरीले चारैतिरबाट घेरेपछि भाग्ने ठाउँ बाँकी नभएको दाबी गरेका छन् । ‘अमृतसर पुलिस र पञ्जाब प्रहरीको इन्टेलिजेन्स युनिटले चलाएको संयुक्त अपरेशनमा उनी बसेको ठाउँ पत्ता लाग्यो’, उनले भनेका छन्, ‘प्रहरीले गाउँको चारै तर्फबाट घेरेपछि अरु विकल्प थिएन ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार