सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु, ११ जना अचेत

कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु, ११ जना अचेत

साझा पोष्ट
आइतबार, वैशाख १७ २०८०
  • images
    कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु, ११ जना अचेत
    images

    लुधियाना (पञ्जाब) । पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् ।

    images
    images

    उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ) को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ ।

    images
    images

    एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् । अनुसन्धान जारी छ । - (रासस/एएनआई)

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार