सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सुडानमा एक साताका लागि युद्धविराम गर्ने सहमति

सुडानमा एक साताका लागि युद्धविराम गर्ने सहमति

साझा पोष्ट
बुधबार, वैशाख २० २०८०
  • images
    सुडानमा एक साताका लागि युद्धविराम गर्ने सहमति
    images

    काठमाडौं । सुडानको सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच एक साताका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

    images
    images

    युद्धविरामका साथै शान्तिवार्ताका लागि आ–आफ्नो पक्षबाट प्रतिनिधि पठाउनसमेत सरकारी सैनिक र आरएसएफ तयार भएको बीबीसीले जनाएको छ । यो युद्धविराम मे ४ अर्थात विहीवारदेखि लागू हुनेछ । दुवै पक्षबीच यसअघि भएका युद्धविरामका कुनै पनि सहमति कार्यान्वयन भने भएका थिएनन् । दुवै पक्षले एक अर्कालाई सम्झौता तोडेको आरोप लगाउँदै आएका छन् ।

    images
    images

    सुडानको सेना र अर्धसैनिक बल आरएसएफबीच गत १८ दिनदेखि सुरु भएको द्वन्द्वका कारण हालसम्म करिब ५ लाख सुडानी नागरिक घरबारविहीन भएका छन् भने १ लाखभन्दा बढीले देश छाडिसकेका छन् । सुडानको सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) को नेतृत्वबीच शक्ति बाँडफाँटको विषय नमिल्दा गत अप्रिल १५ देखि दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको थियो ।

    लडाइँका कारण राजधानीमा लाखौं व्यक्ति फसेका छन् भने त्यहाँ खानाको अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्य देशहरूले पनि सुडानबाट आफ्ना नागरिकको उद्धारकार्यलाई तीव्रता दिएका छन् । लडाइँमा हालसम्म ५ सयभन्दा बढी व्यक्तिको मृत्यु र हजारौं घाइते भएका छन् । यो संख्या अझै धेरै हुन सक्ने आकलन छ । हजारौं सुडानी नागरिक देश छोडेर छिमेकी देशहरूमा विस्थापित भएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार