सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट लगाए (तस्बिरहरु)

बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट लगाए (तस्बिरहरु)

साझा पोष्ट
शनिबार, वैशाख २३ २०८०
  • images
    बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट लगाए (तस्बिरहरु)
    images

    काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट पहिरिएका छन् ।वेस्टमिन्स्टर एबीमा भएको समारोहमा उनलाई क्याटरबरीका आर्कबिसपले मुकुट पहिर्‍याइदिएका हुन्। धर्मगुरु आर्कबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट चार्ल्स  तृतीयको शीरमा राखिदिए ।

    images
    images

    सोही समारोहमा आर्कबिसपले क्वीन मेरिज क्राउन रानी कमिलालाई लगाइदिए ।राजा चार्ल्स तृतीयको राज्यभिषेकमा १९ वटा सैनिक ब्याण्ड, ३३ वटा कमनवेल्थ देशका प्रतिनिधि, २५० वटा घोडा र ४००० सैनिक सहभागी थिए । यो ७० वर्षपछि बेलायतमा आयोजित सबैभन्दा ठूलो सैनिक परेड हो ।

    images
    images

    कार्यक्रममा राजपरिवारका सदस्य, सेलिब्रिटी, विभिन्न देशबाट निम्त्याइएका पाहुना गरी २२ सय भन्दा बढी सहभागी गिए ।राजमुकुट पहिरिएपछि राजा तृतीय वेस्टमिन्स्टर एबीबाट बकिंघम प्यालेसतर्फ फर्किएका थिए । राजा रानी बकिंघम प्यालेसतर्फ फर्किँदा हजारौं सर्वसाधारणले स्वागत गरेका थिए ।

    british king1683386249.jpg

    britihsking_31683386280.jpg

    britishkin_41683386310.jpg

    british_king51683386336.jpg

    british_king61683386361.jpg

    brisih_king71683386383.jpg

    तस्बिर: एपी एएफपी 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार