सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पीटीआईका नेता एवम् पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

पीटीआईका नेता एवम् पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं । पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।’

साझा पोष्ट
बिहीबार , वैशाख २८ २०८०
  • images
    पीटीआईका नेता एवम् पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ
    images

    काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

    images
    images

    काठमाडौं । पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।’

    images
    images

    पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई)  नेता एवम् पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको मुद्दामा प्रहरीले अदालत परिसरबाट यही वैशाख २६ गते पक्राउ गरेको थियो । उनी पक्राउ परेको विरोधमा सुरु भएको आन्दोलनले पाकिस्तान तनावग्रस्त छ ।

    उनका समर्थकले भौतिक संरचना र सवारी साधनहरुमा आगजनी तथा तोडफोड गरेका छन् । प्रदर्शनको क्रममा १० जनाको मृत्यु भइसकेको छ ।

    यसैबीच इमरान खान पछि सत्तामा आएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले देशवासीको नाममा सम्बोधन गर्दै हिंसामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुर्ने चेतावनी दिएका छन् ।

    पूर्वविदेशमन्त्री एवम् कुरैशी पीटीआईका उपाध्यक्ष हुन् । कुरेशीले भने आफू पक्राउ पर्नुअघि भिडियो सन्देश जारी गर्दै इमरान खानको रिहा नभएसम्म आन्दोलन नरोक्न समर्थकहरुलाई आह्वान गरेका छन् ।

    उनले भनेका छन्, ‘इमरान खान जसको नियन्त्रणमा छन्, तिनीहरुबाट ज्यानको खतरा छ । इमरान खानलाई रिहा नगरेसम्म तपाईंहरुले स्वतन्त्रताको संघर्ष जारी राख्नुहोला ।’

    इमरान खान नवाज शरीफको प्रधानमन्त्री पद गुमेपछि सत्तामा आएका थिए । नवाजका भाइ शहबाज सत्तामा आएपछि प्रतिशोधको राजनीति साँधिएको आरोप खान समर्थकहरुले लगाउँदै आएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार