सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

स्वीडेनमा खेल घोषणा भयो सेक्स, यौन प्रतियोगिता गरिँदै

स्वीडेनमा खेल घोषणा भयो सेक्स, यौन प्रतियोगिता गरिँदै

साझा पोष्ट
आइतबार, जेठ २१ २०८०
  • images
    स्वीडेनमा खेल घोषणा भयो सेक्स, यौन प्रतियोगिता गरिँदै
    images

    काठमाडौं । स्वीडेनले सेक्स अर्थात यौनक्रियाकलापलाई आधिकारिक रूपमा खेल घोषणा गरेको छ । सेक्सलाई खेल घोषणा गरेसँगै स्वीडेनमा पहिलो पटक यौन प्रतियोगिताको आयोजना गर्ने तयारी थालिएको छ ।

    images
    images

    युरोपेली सेक्स च्याम्पियनसिप जुन ८ जुनबाट सुरु हुनेछ । यो ६ हप्तासम्म चल्ने छ । यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको आधारमा दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।
    यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू सेक्स सेसनमा सहभागी हुनेछन् जुन दैनिक ६ घण्टासम्म चल्नेछ । यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् ।
    यसबारे जारी गरिएको प्रतिवेदन अनुसार दर्शकले यौन प्रतियोगिताको निर्णयलाई प्रभाव पार्नेछन् र यौन गतिविधिका थुप्रै पक्षलाई केलाउनेछन् । दम्पतीबीचको केमेस्ट्री, सेक्सबारे ज्ञान, सहनशीलताको स्तर आदि कुरालाई ध्यानमा राखी विजेताबारे अन्तिम निर्णय गरिनेछ ।

    images
    images

    प्रतियोगिताको निम्ति १६ वटा मापदण्ड तोकिएको छ । प्रतिस्पर्धीले शरीरका विभिन्न अंगको मसाज गर्नुपर्ने हुन्छ । विपरीत लिंगीको यौन अंगलाई विभिन्न तरिकाले उत्तेजित बनाएपछि यौन सम्बन्धको निम्ति प्रस्ताव गर्नुपर्ने नियम छ ।प्रस्ताव स्वीकृतिपछि मुखले विभिन्न यौन उत्तेजनाको कार्य गर्ने अर्थात् ओरल सेक्स गर्ने,यौन उत्तेजनाको मूल्यांकन गर्ने,विभिन्न आसनमा आकर्षक तरिकाले यौन सम्बन्ध राख्दै उत्तेजित भइरहनुपर्ने तोकिएको मापदण्डका बुँदा हुन् । 

    त्यस्तै यौन सम्बन्धको समयमा मुटुको धड्कन र ब्लड प्रेस बढ्नुपर्ने, निर्णायक मण्डल र दर्शकले निकै गाह्रो आसनमा यौन सम्बन्ध राख्न गरेको आग्रहलाई पनि पालना गर्न सक्नुपर्ने छ ।सेक्स कम्पिटीसनमा कामसूत्रका विभिन्न तरिकाले यौन सम्बन्ध राख्दै  सन्तुष्ट हुने जोडीलाई निर्णायक मण्डलले १६ वटा आधारमा कम्तिमा ५ र बढीमा १० नम्बर दिनेछ । त्यसको निम्ति निर्णायक मण्डलमा १० जना सदस्य हुनेछन् । 

    विशेषगरी सेक्स र कामुकता सम्बन्धी संस्कृत शास्त्र कामसूत्रको ज्ञानले पनि निर्णयमा प्रभाव पार्नेछ । सहभागीहरूले कामसूत्र सम्बन्धी ज्ञानको आधारमा अङ्क प्राप्त गर्नेछन् ।   स्वीडिस सेक्स फेडरेसनका सभापति ड्यागन ब्राटिकले सेक्स खेलमा  परिणत भैसकेको बताएका छन् ।  ‘सेक्स स्पोर्टसमा परिणत भइसक्यो । सेक्सले पनि खेलकुदले झैँ व्यक्तिलाई मानसिक र शारीरिक आनन्द दिन्छ ।’ अरु खेलकुदभन्दा सेक्स स्पोर्टसको फरक पक्ष रहेको बताउँदै उनी भन्छन, अन्य खेलकुदमा हार्ने खेलाडी दुःखी हुन्छ, यसमा भने सबै खुशी र दंग हुन्छन् ।’ 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार