सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

'अखण्ड भारत' नक्सामा बंगलादेशको विरोध, भारतसँग स्पष्टिकरण माग्ने

'अखण्ड भारत' नक्सामा बंगलादेशको विरोध, भारतसँग स्पष्टिकरण माग्ने

काठमाडौं । भारतले आफ्नो नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले स्पष्टीकरण माग्ने भएको छ । बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका छन् ।

साझा पोष्ट
बुधबार, जेठ २४ २०८०
  • images
    'अखण्ड भारत' नक्सामा बंगलादेशको विरोध, भारतसँग स्पष्टिकरण माग्ने
    images

    काठमाडौं । भारतले आफ्नो नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले स्पष्टीकरण माग्ने भएको छ । बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images

    बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका छन् ।

    images
    images

    भारतले राखेको अखण्ड भारत नक्सालाई लिएर नेपाल र पाकिस्तानमा समेत विरोध भैरहेको छ । अखण्ड भारत नक्सामा नेपाल, पाकिस्तान र बंगलादेशका भूभाग समेत समेटिएपछि यस्को विरोध भैरहेको हो । यद्यपी भारतले यो नक्सालाई साँस्कृतिक नक्सा भएको तर्क दिएको छ । 

    बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भनेर वर्णन गरेको दुई दिन पछि विदेश राज्यमन्त्री आलमको यो टिप्पणी सार्वजनिक भएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार