सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टाइटानिक हेर्न गएको पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु

टाइटानिक हेर्न गएको पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु

साझा पोष्ट
शुक्रबार, असार ८ २०८०
  • images
    टाइटानिक हेर्न गएको पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु
    images

    काठमाडौं । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएकाहरु सवार पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु भएको छ ।

    images
    images

    उनीहरु सवार टाइटन पनडुब्बी विस्फोट भएको र सबै ५ जनाको समुन्द्र भित्रै मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।टाईटन पनडुब्बीले डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि अनुसन्धान गर्ने जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो । पाँचजना अटाउने उक्त पनडुब्बी चार हजार मिटर गहिराइसम्म जान सक्ने क्षमताको छ ।गएको आइतबार बेपत्ता भएको पनडुब्बीको खोजी भैरहेको थियो । 

    images
    images

    त्यसैक्रममा खोजकर्ताहरुले टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेका थिए ।त्यसकै आधारमा उनीहरुले टाइटन विस्फोट भएको र सबै ५ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।अमेरिकी जल सेनाले विस्फोटको आवाज सुनिएको बताएका बीबीसीले दाबी गरेको छ ।

    टुर कम्पनी ओसियनगेटको त्यो पनडुब्बीमा पाकिस्तानी अरबपति ४८ वर्षका शहजादा दाउद र उनका छोरा १९ वर्षका सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्ग, फ्रेञ्च अन्वेशक पल अनर नार्जेलेट र ओसियनगेटका प्रमुख कार्यकारी स्टाकटन रस सवार थिए ।

    टाइटानिकको भग्नावशेष समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा  छ । त्यसकै १६०० फिट मुनि पनडुब्बी टाइटनका ५ वटा टुक्राहरु भेटिएका छन् ।सन् १९१२ मा बेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो ।२ हजार २ सय जना सवार यो जहाजका ७ सय यात्रीको सकुशल उद्धार गरिएको थियो भने बाँकी १ हजार ५०० जनाको मृत्यु भएको थियो ।

    टाइटानिक जहाजको भग्नावशेष दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा फेला परेको थियो । टाइटानिक २ टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी २ हजार ६ सय मिटर छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार