सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मोदी उदाउँदो हिटलर भन्दै अमेरिकामा प्रदर्शन

मोदी उदाउँदो हिटलर भन्दै अमेरिकामा प्रदर्शन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा अमेरिकामा प्रदर्शन भएको छ । दुई मानव अधिकार समूहहरू 'एम्नेस्टी इन्टरनेशनलु र ह्युमन राइट्स वाच'ले मोदीविरोधी प्रदर्शन गरेका हुन्। उनीहरूले वासिङ्टनमा बीबीसीको विवादित वित्तचित्र 'इन्डिया द मोदी' स्क्रिनिङ पनि गरेका थिए।  उक्त वित्तचित्र भारतका सञ्चार माध्यमले प्रतिबन्ध लगाएका थिए। उक्त वित्तचित्रसँग सम्बन्धित सबै कन्टेन्ट भारतमा युट्युबबाट हटाइएको थियो भने ट्विट पनि ब्लक गरिएको थियो।

साझा पोष्ट
शनिबार, असार ९ २०८०
  • images
    मोदी उदाउँदो हिटलर भन्दै अमेरिकामा प्रदर्शन
    images

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा अमेरिकामा प्रदर्शन भएको छ । 

    images
    images

    दुई मानव अधिकार समूहहरू 'एम्नेस्टी इन्टरनेशनलु र ह्युमन राइट्स वाच'ले मोदीविरोधी प्रदर्शन गरेका हुन्। उनीहरूले वासिङ्टनमा बीबीसीको विवादित वित्तचित्र 'इन्डिया द मोदी' स्क्रिनिङ पनि गरेका थिए।  उक्त वित्तचित्र भारतका सञ्चार माध्यमले प्रतिबन्ध लगाएका थिए। उक्त वित्तचित्रसँग सम्बन्धित सबै कन्टेन्ट भारतमा युट्युबबाट हटाइएको थियो भने ट्विट पनि ब्लक गरिएको थियो।

    images
    images

    मोदीविरोधी प्रदर्शनकारीहरूले 'मोदी पूर्वको उदाउँदो हिटलर, 'हेलो जोए, विद्यार्थी नेता अमर खालिद १ हजार दिनयता किन जेलमा छन् मोदीलाई सोधु, 'क्राइम मिनिस्टर अफ इन्डिया', 'मोदी इज नट वेलकम' जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले भारतमा लोकतन्त्र खतरामा छ भन्ने नारा लगाएका थिए।

    modi21687581076.jpg

    ट्विटरमा उक्त प्रदर्शनसँग सम्बन्धित क्लिप र फोटो राखेर 'मोदी इज नट वेलकम' र 'क्राइम मिनिस्टर अफ इन्डिया' ह्यासट्यागसहित मोदीको विरोध भइरहेको छ।

     २० जुनमा अमेरिका पुगेका मोदीलाई एकातर्फ अमेरिकी अधिकारी र भारतीय समूहहरूले भव्य स्वागत गरेका थिए। अर्कोतर्फ अधिकारकर्मीहरूले भारतमा बिग्रँदै गएको मानवअधिकारको रेकर्ड प्रस्तुत गर्दै विरोध गरेका थिए।

    भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकामा राष्ट्रपति जो बाइडेन प्रशासनले भव्य स्वागत गरेको थियो। बाइडेन दम्पत्तिले मोदीको सम्मानमा राजकीय भोज आयोजना गरेका थिए। जसमा करिब ४ सय अतिथि उपस्थिसत थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार