सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रुसको संकट टर्‍यो, वागनर समूह बेलारुसतर्फ लाग्यो

रुसको संकट टर्‍यो, वागनर समूह बेलारुसतर्फ लाग्यो

काठमाडौं । रुसको निजी सैन्य समूह वागनर पछि हटेको छ । विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह नाटकीय ढंगले पछि हट्न सुरु गरेको हो ।यससँगै रुसमा नाटकीय र तनावपूर्ण दिन अन्त्य भएको बीबीसीले जनाएको छ ।रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ–अन–डन छाडेर आफ्ना सेनासहित बेलारुसतर्फ लागेका छन्  । युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाका प्रमुख  प्रिगोजिन र उनका सैनिकमाथि रुसले लगाएका सबै आरोप हटाउने आश्वासन पाएपछि प्रिगोजिन बेलारुसतर्फ फर्किएको बीबीसीले जनाएको छ । 

साझा पोष्ट
आइतबार, असार १० २०८०
  • images
    रुसको संकट टर्‍यो, वागनर समूह बेलारुसतर्फ लाग्यो
    images

    काठमाडौं । रुसको निजी सैन्य समूह वागनर पछि हटेको छ । विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह नाटकीय ढंगले पछि हट्न सुरु गरेको हो ।

    images
    images

    यससँगै रुसमा नाटकीय र तनावपूर्ण दिन अन्त्य भएको बीबीसीले जनाएको छ ।रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ–अन–डन छाडेर आफ्ना सेनासहित बेलारुसतर्फ लागेका छन्  । युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाका प्रमुख  प्रिगोजिन र उनका सैनिकमाथि रुसले लगाएका सबै आरोप हटाउने आश्वासन पाएपछि प्रिगोजिन बेलारुसतर्फ फर्किएको बीबीसीले जनाएको छ । 

    images
    images

    बेलारुसका राष्ट्रपति अलेक्जेन्डर पेरोसेन्को मध्यस्थतामा शनिबारदेखि भएको छलफलमा वाग्नर समूह प्रमुख र उनका सेनामाथि लागेका सबै आरोप हटाउने रुसी पक्षले आश्वासन दिएपछि प्रिगोजिन रुस छाडेर बेलारुसतर्फ हिँडेका हुन् । यसबाहेक अन्य कुन–कुन विषयमा सहमति भएको भन्नेबारे भने अझै सार्वजनिक भइसकेको छैन ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहमतिसँगै वार्ता टुंगोमा पुगेको थियो । योसँगै वाग्नर समूह पनि आफूले कब्जा गरेको रुसको रोस्तोभ सहर छाडेर फर्किएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

    russsia_sena1687675693.jpg

    वाग्नर समूहले रुसका केही भूभाग नियन्त्रणमा लिन खोजेसँगै रुसले पनि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारेको थियो । मस्कोका मेयरले राजधानीवासीलाई जुलाई १ सम्म घरबाहिर ननिस्किन निर्देशनसमेत दिएका थिए । रुसले युक्रेनमा आक्रमण गर्नका लागि सुरुदेखि नै बेलारुसको भूमि प्रयोग गर्दै आइरहेको छ । राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।

    युक्रेनमाथि रुसले हमला गरेयता विगत डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौज एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको थियो । वागनर समूहको नेतृत्व गरेका येवगेनी प्रिगोजिन पुटिनका निकट र विश्वासपात्र व्यक्ति मानिन्थे । त्यसैले निजी लडाकु समूह वागनरको नेतृत्व पनि पुटिनले प्रिगोजिनलाई दिएका थिए । तर युक्रेनविरुद्ध लडाइँ सुरु भएपछि प्रिगोजिनले पुटिनको खुलेर आलोचना गर्दै आएका थिए ।

    प्रिगोजिनको वाग्नर सेनाले रुसको तर्फबाट युक्रेनमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेको थियो । तर, रुसी सेनाका शीर्ष अधिकारीहरूसँग महिनौंदेखि यो फौजको विवाद बढेको थियो । विद्राही फौजले रुसी सेनाको दक्षिणी मुख्यालय कब्जा गरेको र सहरमा नियमित गस्ती सुरु भएको दाबी गरेको छ । तर यसका लागि एउटा पनि गोली चलाउन नपरेको प्रिगोजिनका कमान्डरहरूले बताएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार