काठमाडौं । भारतको त्रिपुरास्थित उनाकोटी जिल्लामा इस्कन मन्दिरबाट निकालिएको जगन्नाथ यात्राको रथ हाइटेन्सन तारमा ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा २ जना बालबालिका पनि रहेका छन्। रथयात्रामा १८ जना जलेका थिए। उनीहरूलाई अस्पताल भर्ना गरिएकोमा धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।
७ जनाको मृत्यु पुष्टि भए पनि त्यहाँ मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीका अनुसार उल्ता रथयात्रा पर्वका क्रममा बुधबार दिउँसो ४:३० बजे कुमारघाटमा उक्त घटना भएको हो। फलामको रथलाई भक्तहरूले तानिरहेको बेला १३३ केभी ओभरहेड केबलसँग रथ ठोक्किएको थियो।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ।