सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रथ हाइटेन्सन तारमा ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु

रथ हाइटेन्सन तारमा ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु

साझा पोष्ट
बिहीबार , असार १४ २०८०
  • images
    रथ हाइटेन्सन तारमा ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको त्रिपुरास्थित उनाकोटी जिल्लामा  इस्कन मन्दिरबाट निकालिएको जगन्नाथ यात्राको रथ हाइटेन्सन तारमा ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ।

    images
    images

    मृत्यु हुनेमा २ जना बालबालिका पनि रहेका छन्। रथयात्रामा १८ जना जलेका थिए। उनीहरूलाई अस्पताल भर्ना गरिएकोमा धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

    images
    images

    ७ जनाको मृत्यु पुष्टि भए पनि त्यहाँ मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रहरीका अनुसार उल्ता रथयात्रा पर्वका क्रममा बुधबार दिउँसो ४३० बजे कुमारघाटमा उक्त घटना भएको हो। फलामको रथलाई भक्तहरूले तानिरहेको बेला १३३ केभी ओभरहेड केबलसँग रथ ठोक्किएको थियो।

    प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार