सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकामा अत्यधिक गर्मीका कारण १७ जनाको ज्यान गयो

अमेरिकामा अत्यधिक गर्मीका कारण १७ जनाको ज्यान गयो

साझा पोष्ट
बिहीबार , असार १४ २०८०
  • images
    अमेरिकामा अत्यधिक गर्मीका कारण १७ जनाको ज्यान गयो
    images

    ह्युस्टन । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

    images
    images

    वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।

    images
    images

    “यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं,” स्टर्नले भने, “तापको प्रकोपबाट हुने मृत्युलाई दुर्घटनाका रूपमा लिइन्छ, र दुर्घटना, परिभाषाअनुसार, रोकथाम गर्न सकिने मृत्यु हुन् । यी सबै मृत्युलाई रोक्न सकिन्थ्यो ।”

    यसैगरी फ्लोरिडाका १४ वर्षीय युवकको टेक्सासको बिग बेन्ड नेश्नल पार्कमा शुक्रबार गर्मीका कारण उत्पन्न थकानका कारण मृत्यु भएको छ । त्यहाँको तापक्रम ११९ डिग्री फरेनहाइट (४८ डिग्री सेल्सियस) पुगेको थियो । 

    यसैगरी अन्य पीडितमा उत्तरी टेक्सासका १७ वर्षीय पदयात्री, पूर्वी टेक्सासका युटिलिटी लाइनम्यान, डलासका हुलाक कर्मचारी र लुइसियानाको तटीय राज्यका दुई जना बासिन्दा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    टेक्सास ट्रिब्युनको बुधबारको रिपोर्टले टेक्सासमा गर्मीको लहर आएदेखि ३० वर्षका दुई जना पुरुषसहित कम्तीमा नौ जना कैदीको हृदयघात वा वातानुकूलित नभएको जेलमा अज्ञात कारणले मृत्यु भएको बताएको छ । रासस र सिन्ह्वा 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार