सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बन्द भयो विश्वकै पुरानो दैनिक पत्रिका

बन्द भयो विश्वकै पुरानो दैनिक पत्रिका

साझा पोष्ट
आइतबार, असार १७ २०८०
  • images
    बन्द भयो विश्वकै पुरानो दैनिक पत्रिका
    images

    काठमाडौं । विश्वकै पुरानो दैनिक पत्रिका विनर जाइटुङ बन्द भएको छ । ८ अगस्ट १७०३ देखि अस्ट्रियाको भियनाबाट प्रकाशन हुँदै आएको  दैनिक अखबारको  छापा संस्करण दुई दिन अघि बन्द भएको हो । स्थापनाको ३ सय २० वर्षपछि पत्रिका बन्द भएको छ।

    images
    images

    अनलाइन माध्यममा भने विनर जाइटुङ उपलब्ध हुनेछ। साथै, मासिक रूपमा छापा संस्करण प्रकाशन गर्ने योजना पनि छ। यद्यपि, यो कहिले हुन्छ टुंगो छैन । अब विश्वको पुरानो जीवित दैनिक अखबारको कीर्तिमान  जर्मनीको 'हिल्डशेइमर अल्जेमेइन जाइटुङ'को हुनेछ। यो पहिलो पटक सन् १७०५ मा प्रकाशित भएको थियो।

    images
    images

    ८ अगस्ट १७०३ मा विनरिस्चेस डायरायम (भिएनाको डायरी) का नाममा पहिलो पटक पत्रिका प्रकाशन भएको थियो ।,पहिलो अङ्कमा ‘प्रवचन र काव्यिक चमक विना समाचार पस्किने’ उल्लेख थियो।

    आफ्नो गौरवपूर्ण ३२० वर्षलाई सम्झदै अखबारको  अन्तिम अङ्क (जुन ३०) को पहिलो पृष्ठमा  ठूलो अक्षरमा लेखिएको छ-'एक लाख १६ हजार ८४० दिन, तीन हजार ८३९ महीना, ३२० वर्ष, १२ राष्ट्रपति, १० सम्राट्, दुई गणतन्त्र, एक पत्रिका।' 

    अस्ट्रियन सरकारको स्वामित्वमा रहेको यो अखबारले सम्पादकीय स्वतन्त्रता भने कायम राखेको थियो।शुक्रबार अन्तिम छापा संस्करणमा विनरले अखबार बन्द हुनुमा सरकारको नयाँ कानून दोषी रहेको भन्दै सम्पादकीय लेखेको छ।

    गत अप्रिलमा अस्ट्रिया सरकारले एउटा कानून पारित गर्‍यो। जसमा कम्पनीहरूलाई छापा संस्करणमा सार्वजनिक सूचना छाप्न पैसा तिर्न आवश्यक नहुने व्यवस्था गरियो।यो व्यवस्थाका कारण विनर जाइटुङलाई १८ मिलियन यूरो घाटा भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । घाटा भएकै कारण अखबारले ६३ जनालाई कामबाट निकाल्न पनि बाध्य भयो भने सम्पादकीय टोली पनि ५५ बाट २० जनामा झर्‍यो।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार