सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, असार १९ २०८०
  • images
    अमेरिकामा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु
    images

     काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

    images
    images

    प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको र तीमध्ये चार जनाको मृत्यु भएको बताइएको छ ।  चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images

    गोली चलाउनेको व्यक्तिको पहिचान भएको छैन र उनले गोली किन चलाए भन्ने पनि खुलेको छैन ।सोमबार राति साढे ८ बजेतिर फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा गोली चलेको आवाज सुनेपछि प्रहरी घटनास्थल पुगेको थियो । 

    प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई केही समयपछि नियन्त्रणमा लियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार