सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

युक्रेन युद्धः रुसी आक्रमणमा तीन युक्रेनी मारिए

युक्रेन युद्धः रुसी आक्रमणमा तीन युक्रेनी मारिए

साझा पोष्ट
बिहीबार , असार २१ २०८०
  • images
    युक्रेन युद्धः रुसी आक्रमणमा तीन युक्रेनी मारिए
    images

    किएभ । पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् ।

    images
    images

    नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

    images
    images

    भवनको भग्नावशेषमा धेरै मानिस फसेको आशङ्का गरिएको छ । रुसी आक्रमणबाट एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति भएको छ ।

    करिब ५० वटा गाडीमा पनि क्षति भएको छ । केही समय अघि दुई जनालाई भग्नावशेषबाट निकालिएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी जारी राखेको छ ।

    क्षेत्रीय प्रमुख म्याक्सिम कोजित्स्कीले पानी आपूर्तिलगायत शहरमा महत्वपूर्ण पूर्वाधार सुविधामा पनि प्रहार भएको छ । यद्यपि उनले कुन–कुन पूर्वाधारमा क्षति भयो भन्नेबारेमा विस्तृत विवरण दिएका छैनन् । उक्त आक्रमणबारे रुसीे सेनाले कुनै प्रतिक्रिया दिएको छैन । रासस/एएफपी

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार