सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

युक्रेन युद्धको ५ सय दिन : ९ हजारभन्दा धेरै सर्वसाधारण मारिए

युक्रेन युद्धको ५ सय दिन : ९ हजारभन्दा धेरै सर्वसाधारण मारिए

काठमाडौं । युक्रेनमा रुसले आक्रमण थालेको  ५ सय दिन पुरा भएको छ ।  युद्धको ५ सय दिन पूरा भइसक्दा हालसम्म ९ हजारभन्दा धेरै आम नागरिक मारिएका छन् । जसमध्ये ५ सय बालबालिका छन् ।२०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण गरेयताका ५ सय दिनमा युद्धमा मृत्यु हुनेको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको हो ।

साझा पोष्ट
शनिबार, असार २३ २०८०
  • images
    युक्रेन युद्धको ५ सय दिन : ९ हजारभन्दा धेरै सर्वसाधारण मारिए
    images

    काठमाडौं । युक्रेनमा रुसले आक्रमण थालेको  ५ सय दिन पुरा भएको छ ।  युद्धको ५ सय दिन पूरा भइसक्दा हालसम्म ९ हजारभन्दा धेरै आम नागरिक मारिएका छन् । जसमध्ये ५ सय बालबालिका छन् ।

    images
    images

    २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण गरेयताका ५ सय दिनमा युद्धमा मृत्यु हुनेको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको हो ।युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले शुक्रबार यस्तो तथ्यांक सार्वजनिक गर्दै ठूलो मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेको छ । साथै मृत्यु भएकाहरूको यकिन संख्या सरकारी आधिकारिक तथ्यांकभन्दा धेरै नै हुनसक्ने बताइएको छ । 

    images
    images

    तर २०२२ को तुलनामा यस वर्ष युक्रेनमा मृत्यु हुनेको संख्या औसतमा कम भए पनि मे र जुनमा यो संख्या फेरि बढेको अनुगमनकर्ताहरूले बताएका छन् । यसैबीच जुन २७ मा पूर्वी युक्रेनको क्रामातोर्स्कमा रुसी सेनाको मिसाइल आक्रमणबाट चार बालबालिकासहित १३ जना आम नागरिक मारिएका थिए ।यस्तै युक्रेनको पश्चिमी सहर लिभिभमा बिहीबार बिहान मिसाइल आक्रमणकै क्रममा १० जना मारिनुका साथै ३७ जना घाइते भएका थिए ।
    संयुक्त राष्ट्रसंघका अनुसार रुस समर्थित पृथकतावादीहरूले क्रिमिया र अन्य क्षेत्रहरू कब्जा गर्दा पूर्वी युक्रेनमा अघिल्लो आठ वर्षको आक्रमणमा भएको क्षतिको तुलनामा पछिल्लो ५ सय दिनमा त्यसको तीन गुणा धेरै मानिस मारिएका छन् ।

    शुक्रबार अमेरिकाले भने युक्रेनको फौजलाई थप हतियार प्रदान गर्ने जनाएको छ । तर हतियार प्रदान गर्ने अमेरिकाको घोषणालाई संयुक्त राष्ट्रसंघसहित अन्य देशहरूले विरोध जनाएका छन् ।
    युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेनाले पर्याप्त हातहतियार र गोलाबारुदको अभाव झेलिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रूसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति बेहारेको रूसी सेनाले प्रतिरोध गरिरहेको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार