सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ब्राजिलमा भवन भत्किँदा कम्तिमा एघार जनाको मृत्यु

ब्राजिलमा भवन भत्किँदा कम्तिमा एघार जनाको मृत्यु

साझा पोष्ट
आइतबार, असार २४ २०८०
  • images
    ब्राजिलमा भवन भत्किँदा कम्तिमा एघार जनाको मृत्यु
    images

    रियो दि जेनेरो । उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

    images
    images

    पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सात जना मृत अवस्थामा फेला परेका थिए भने अर्को एक जनाको अस्पतालमा मृत्यु भएको थियो । शनिबार बिहान उद्धार टोलीले थप तीन जनाको शव फेला पारेको थियो ।

    images
    images

    सन् २०१० मा अदालतको आदेशमा उक्त भवनमा बसोबासमा प्रतिबन्ध लगाइएकोे थियो तर २०१२ यता कैयौं परिवार त्यहाँ अवैध रूपमा बसाइँ सरेका थिए । रासस/ सिन्ह्वा

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार