सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

क्रिमियामा रहेकाे रुसी हतियार भण्डारमा ड्रोन आक्रमण 

क्रिमियामा रहेकाे रुसी हतियार भण्डारमा ड्रोन आक्रमण 

साझा पोष्ट
आइतबार, साउन ७ २०८०
  • images
    क्रिमियामा रहेकाे रुसी हतियार भण्डारमा ड्रोन आक्रमण 
    images

    काठमाडौं । रुसको कब्जामा रहेको क्रिमियाको एउटा हतियार भण्डारमा ड्रोन आक्रमण भएको छ।

    images
    images

    आक्रमणको पुष्टि गर्दै रुसी अधिकारीहरूले आक्रमण आसपासका पाँच किलोमिटर क्षेत्रमा रहेका नागरिकको उद्धार गरिएको बताएका छन्। क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले उक्त आक्रमणको पछाडि युक्रेनको हात रहेको दाबी गरेका छन् । 

    images
    images

    आक्रमणमा हालसम्म मानवीय क्षति भएको पुष्टि भएको छैन। सर्गेई अक्स्योनोभले आफ्नो टेलिग्राम पोस्टमा भनेका छन्, 'अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षतिको खबर छैन।'

    विस्फोटपछि केर्च ब्रिजमा रेल सेवा बन्द गरिएको उनले बताएका छन्। अवरुद्ध भएको थियो।रूसी अधिकारीहरूले यसअघि शनिबार केर्च पुलमा यातायात बन्द गरेका थिए, तर पछि यसलाई सवारी अवागमनका लागि खोलिएको थियो। आक्रमण भएको ठाउँ यस पुलबाट करिब १६० किलोमिटर टाढा छ।

    यो पुललाई क्रिमिया ब्रिज पनि भनिन्छ। सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो। युक्रेनको सेनाले आक्रमणको जिम्मेवारी लिइसकेको छैन। तर उसले गोदाम र तेल भण्डारमा विस्फोट गरिएको भिडिओ भने पोस्ट गरेको छ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार