सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कम्बोडियामा निर्वाचन जारी, हुन सेन दोहोरिने प्रक्षेपण

कम्बोडियामा निर्वाचन जारी, हुन सेन दोहोरिने प्रक्षेपण

साझा पोष्ट
आइतबार, साउन ७ २०८०
  • images
    कम्बोडियामा निर्वाचन जारी, हुन सेन दोहोरिने प्रक्षेपण
    images

    काठमाडौं । कम्बोडियामा आइतबार बिहानदेखि राष्ट्रिय निर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा ९ करोड ७० लाखले मतदान गर्दैछन्।

    images
    images

    करिब १६ करोड जनसंख्या मध्ये आधा भन्दा धेरै  जनसंख्या मतदानमा सहभागी हुँदैछ। जारी मतदानमा प्रधानमन्त्री हुन सेनको सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी ९सीपीपी० ले सहज जित निकाल्ने प्रक्षेपण गरिएको छ।

    images
    images

    कम्बोडियामा हुन सेनले ३५ वर्षदेखि अर्थात सन् १९८५ यता शासन चलाइरहेका छन्।लामो समयसँग सत्तामा रहेको सीपीसँग १७ साना दल चुनावी दौडमा छन्। तर साढे तीन दशकयता सत्तामा रहेको सेनको पार्टीलाई चुनौती दिनसक्ने जनसमर्थन कसैसँग नरहेको भोट पोलले देखाएको छ। उनको पार्टीले कम्बोडियन राष्ट्रियसभामा १२५ सिट जित्ने प्रक्षेपण गरिएको छ।

    हुन सेनको सीपीपीको प्रमुख प्रतिपक्षी मानिएको क्यान्डललाइट पार्टी यसपटक चुनावमा सहभागी नै हुन पाएन। क्यान्डललाइटलाई निर्वाचन आयोगले चुनावमा भाग लिन अयोग्य ठहर गरेसँग सीपीपीको जित सहज भएको हो। यो चुनावको पर्यवेक्षण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार