सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ग्रिसको जंगलमा भीषण आगलागी, १९ हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो

ग्रिसको जंगलमा भीषण आगलागी, १९ हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौं । ग्रिसको एक जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । र, यो संख्या अझ बढ्न सक्ने बताइएको छ ।लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएपछि अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ ।

साझा पोष्ट
सोमबार, साउन ८ २०८०
  • images
    ग्रिसको जंगलमा भीषण आगलागी, १९ हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो
    images

    काठमाडौं । ग्रिसको एक जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । र, यो संख्या अझ बढ्न सक्ने बताइएको छ ।
    लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएपछि अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ ।

    images
    images

    ग्रिसमा केही सातायता निकै गर्मी छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ । यही गर्मीको बेला ग्रिस आगलागीको चपेटामा परेको हो । गत मंगलबारदेखि नै तीव्र हावासँगै जंगलको आगो अनियन्त्रित भएर फैलिइरहेको छ ।बीबीसीका अनुसार देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको बीबीसीले जनाएको छ । 

    images
    images

    आगोबाट जोगिन धेरै मानिसहरु आफ्नो थातथलो छाड्न बाध्य छन् । यद्यपि आगलागीबाट मानवीय क्षति भने नभएको ग्रिसको जलवायु संकट र नागरिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मानिसहरुलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानका होटलहरुमा लगेर राखिएको छ ।

    बीबीसीका अनुसार किओतारी क्षेत्रमा तीन वटा होटल आगोमा जलेका छन् । लेर्मा, लार्डोस् र एक्सिलपियो क्षेत्र आगोबाट प्रभावित भएका छन् । आगो निभाउनका लागि पाँच वटा हेलिकप्टर र १७३ अग्नि नियन्त्रक सहितको टोली खटिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार