सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चीनका विदेशमन्त्री छिन काङ बर्खास्त, वाङ यीले फेरि पाए जिम्मेवारी

चीनका विदेशमन्त्री छिन काङ बर्खास्त, वाङ यीले फेरि पाए जिम्मेवारी

काठमाडौं । चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ।एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई आज वर्खास्त गरिएको चीनको ग्लोबल टाइम्सले जनाएको छ।नयाँ विदेशमन्त्रीका रुपमा वाङ यी लाई नियुक्त गरिएको छ । उनी १० वर्ष विदेशमन्त्री रहिसकेका थिए । ग्लोबल टाइम्सका अनुसार शीर्ष विधायिकाको मंगलबार बोलाइएको बैठकले छिनलाई हटाएर वाङलाई विदेशमन्त्री बनाउने निर्णय गरेको हो ।

साझा पोष्ट
मंगलबार, साउन ९ २०८०
  • images
    चीनका विदेशमन्त्री छिन काङ बर्खास्त, वाङ यीले फेरि पाए जिम्मेवारी
    images

    काठमाडौं । चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ।एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई आज वर्खास्त गरिएको चीनको ग्लोबल टाइम्सले जनाएको छ।

    images
    images

    नयाँ विदेशमन्त्रीका रुपमा वाङ यी लाई नियुक्त गरिएको छ । उनी १० वर्ष विदेशमन्त्री रहिसकेका थिए । ग्लोबल टाइम्सका अनुसार शीर्ष विधायिकाको मंगलबार बोलाइएको बैठकले छिनलाई हटाएर वाङलाई विदेशमन्त्री बनाउने निर्णय गरेको हो ।

    images
    images

     यससँगै छिन काङको भाग्य र भविष्यबारे केही सातादेखि भइरहेका अड्कलबाजीको पनि अब अन्त्य भएको छ । गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन्। 

    पछिल्लो पटक जुन २५ मा सार्वजनिक रुपमा देखिएका उनी त्यसयता गायब थिए। त्यसदिन उनले श्रीलंका र रुसका विदेशमन्त्रीहरुलाई भेटेका थिए। त्यसअघि उनी दैनिकजसो कूटनीतिक भेटमा सक्रिय थिए। 

    राष्ट्रपति सी चिनफिङले आफ्नो तेस्रो कार्यकाल अघि बढाउने क्रममा छिन काङ प्रकरणलाई पनि ठूलो संकटका रुपमा लिइएको छ। विदेशमन्त्रीबाट छिन काङलाई हटाउने निर्णय नेशनल पिपुल्स कांग्रेसको कानुन अनुसार भएको हो। जुन गत २०२१ मार्चमा लागु भएको थियो।

    यो नियमले राष्ट्रिय कंग्रेसको साटो स्थायी समितिलाई राज्य परिषद्का‍ केही सदस्य नियुक्त गर्ने र पदबाट हटाउने अधिकार दिएको छ। तर वर्खास्तीमा पर्नुको स्पष्ट कारण खुलाइएको छैन । विदेशमन्त्रीमाथि फौजदारी अभियोग लगाइएको हुन सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार