सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नाइजरमा सैनिक विद्रोह, राष्ट्रपतिलाई नियन्त्रणमा लिएर सत्ता कब्जा

नाइजरमा सैनिक विद्रोह, राष्ट्रपतिलाई नियन्त्रणमा लिएर सत्ता कब्जा

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाले राष्ट्रपतिलाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेको छ ।  राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई सेनाले संविधान विघटन भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।  राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा घोषणा गर्दै कर्नेल अमादु अब्द्रामानेले  देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन्। 

साझा पोष्ट
बिहीबार , साउन ११ २०८०
  • images
    नाइजरमा सैनिक विद्रोह, राष्ट्रपतिलाई नियन्त्रणमा लिएर सत्ता कब्जा
    images

    काठमाडौं । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाले राष्ट्रपतिलाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेको छ । 

    images
    images

     राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई सेनाले संविधान विघटन भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।  राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा घोषणा गर्दै कर्नेल अमादु अब्द्रामानेले  देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन्। 
     । उनले भने, ‘हामी, रक्षा र सुरक्षा बलले तपाईंलाई थाहा भएको शासन प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौँ। यो लगातार खस्किँदै गएको सुरक्षा अवस्था र बिग्रँदै गएको आर्थिक र सामाजिक अवस्थाको परिणाम हो।’ त्यतिबेला उनी अन्य नौ सिपाहीसँगै थिए

    images
    images

    स्थिति स्थिर नभएसम्म सीमा र हवाई नाका बन्द रहने उनले बताएका छन्।  साथै अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी रहने घोषणा गरिएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति बाजुमलाई अमेरिकाको समर्थन अटल रहने बताएका छन्।

    यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बाजुमसँग कुरा गरी पूर्ण सहयोग गर्ने बताएका छन्।राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमी देशहरूको प्रमुख सहयोगी हुन्।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार