सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

डुङ्गा दुर्घटनामा परी फिलिपिन्समा ३० जनाको मृत्यु

डुङ्गा दुर्घटनामा परी फिलिपिन्समा ३० जनाको मृत्यु

साझा पोष्ट
शुक्रबार, साउन १२ २०८०
  • images
    डुङ्गा दुर्घटनामा परी फिलिपिन्समा ३० जनाको मृत्यु
    images

    मनिला । क्षमताभन्दा धेरै यात्री बोकेको  एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।  ४० जनाको उद्धार गरिएको छ । बयालीस जना यात्री क्षमताको   डुङ्गामा ७० जना सवार थिए । 

    images
    images

    तालमा हुरी चल्दा त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । 

    images
    images

    बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न क्त दुर्घटना भएको हो । सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा वर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । -रासस\एएफपी

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार