सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सर्वोच्च अदालतले राहुल गान्धीमाथिको सजायमा रोक लगाएपछि सांसद पद पुनर्बहाली

सर्वोच्च अदालतले राहुल गान्धीमाथिको सजायमा रोक लगाएपछि सांसद पद पुनर्बहाली

काठमाडौं ।  भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको र उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।सर्वोच्चका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको हो ।

साझा पोष्ट
शुक्रबार, साउन १९ २०८०
  • images
    सर्वोच्च अदालतले राहुल गान्धीमाथिको सजायमा रोक लगाएपछि सांसद पद पुनर्बहाली
    images

    काठमाडौं ।  भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको र उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    images
    images

    सर्वोच्चका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको हो ।

    images
    images

     ‘यसमा कुनै शंका छैन की राहुल गान्धीको लवज राम्रो थिएन र सार्वजनिक जीवनमा कुनै पनि व्‍यक्तिलाई सार्वजनिक रूपमा केही बोल्नु अगाडि सचेत हुनुपर्छ भन्‍ने हेक्का हुनुपर्छ।’ बेन्चले भनेको छ, ‘ट्रायल कोर्टले अधिकतम सजाय दिने कुनै कारण बताएको छैन। यो मुद्दामा अन्तिम फैसाला सुनाउनुअघि सजायको फैसलामाथि रोक लगाउनु जरूरी छ।’

    सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत आग्रह गरेको छ । सर्वोच्च अदालतका एक वरिष्ठ अधिवक्तालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ‚ ‘यो कुनै एक व्यक्तिको मात्र विषय होइनस जति पनि व्यक्तिले राहुल गान्धीलाई संसद्‌मा पुर्‍याए‚ उनीहरूको अधिकार हननको विषयसमेत हो ।’
    सन् २०१९मा ‘मोदी सरनेम’ बारे बोलेको विषयलाई लिएर सूरतको तल्लो तहको अदालतले गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो। उक्त फैसलाको २४ घण्टापछि  लोकसभाले उनको सदस्यता खारेज गरिदिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार