सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान पक्राउ, भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान पक्राउ, भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादको जिल्ला अदालतले भ्रष्टाचार आरोपमा उनलाई एक लाख जरिवाना सहित तीन वर्षको जेल सजाय सुनाएको हो।  शनिबार दिउँसो मुद्दाको सुनुवाइ हुँदा वकिल उपस्थित नभएपछि अदालतले आफ्नो फैसला सुनाएको हो। फैसलासँगै उनलाई लोहारस्थित घरबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ। 

साझा पोष्ट
शनिबार, साउन २० २०८०
  • images
    पाकिस्तानी पूर्वप्रधानमन्त्री खान पक्राउ, भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय
    images

    काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादको जिल्ला अदालतले भ्रष्टाचार आरोपमा उनलाई एक लाख जरिवाना सहित तीन वर्षको जेल सजाय सुनाएको हो। 

    images
    images

    शनिबार दिउँसो मुद्दाको सुनुवाइ हुँदा वकिल उपस्थित नभएपछि अदालतले आफ्नो फैसला सुनाएको हो। फैसलासँगै उनलाई लोहारस्थित घरबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ। 

    images
    images

    सजाय पाएपछि खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन्। खान २०१८ मा प्रधानमन्त्री निर्वाचित भएका थिए। पाकिस्तानको संसदबाट विश्वासको मत प्राप्त गर्न नसक्दा उनले प्रधानमन्त्री पद गुमाउनु परेको थियो। 

    इमरानको पार्टी तेहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै अदालतमा चुनौती दिने बताएको छ। पार्टीका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासको यो सबैभन्दा नराम्रो मुद्दामा एक पक्षपाती न्यायाधीशले न्याय अस्वीकार गरे।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार