सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाकिस्तानको संसद भंग, ९० दिन भित्र आम चुनाव हुने 

पाकिस्तानको संसद भंग, ९० दिन भित्र आम चुनाव हुने 

साझा पोष्ट
बिहीबार , साउन २५ २०८०
  • images
    पाकिस्तानको संसद भंग, ९० दिन भित्र आम चुनाव हुने 
    images

    काठमाडौं । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् ।

    images
    images

    पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो ।

    images
    images

    संसदसँगै मन्त्रिपरिषद पनि भंग भएको छ । तर अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् ।

     तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने बीबीसीले जनाएको छ । 
    अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।

    भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजायँ तोकिएको छ । पाकिस्तानको निर्वाचन आयोगले खानले पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार