सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्ध लगायो, चीनको कडा प्रतिक्रिया

अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्ध लगायो, चीनको कडा प्रतिक्रिया

साझा पोष्ट
शनिबार, साउन २७ २०८०
  • images
    अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्ध लगायो, चीनको कडा प्रतिक्रिया
    images

    काठमाडौं । अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेको छ । 
     अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै  प्रतिबन्धको घोषणा गरेका हुन् । 

    images
    images

    यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जस्ता क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध लगाउने वा नियन्त्रण गर्नसक्ने अधिकार दिएको छ ।

    images
    images

    प्रतिबन्ध नलागेका कतिपय चिनियाँ प्रविधि क्षेत्रमा लगानी गर्दा अमेरिकी सरकारलाई स्पष्ट जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।  बाइडेन प्रशासनले यो आदेश विशेषगरी तीनवटा संवेदनशील क्षेत्रतर्फ मात्रै लक्षित रहेको जनाएको छ । चीनले आफ्नो सैन्य प्रविधिको अत्याधुनिकीकरण गरेर अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन गरेको प्रयत्नमा अमेरिकी पुँजी र विज्ञताले सघाउन सक्ने आँकलनसहित त्यसलाई कार्य रोक्न यस्तो आदेश जारी गर्नुपरेको अमेरिकी अधिकारीहरूको दाबी छ । यो आदेशले तोकिएका क्षेत्रमा हुने निजी, साझेदारी, भेन्चर पुँजी तथा ग्रीनफिल्ड लगानी समेत प्रभावित हुनेछन् ।

    यसअघि अमेरिकी संसदलाई लेखेको एक पत्रमा बाइडेनले सैन्य, जासुसी, निगरानी तथा साइबरमा आधारित संवेदनशील प्रविधि र उत्पादनहरूमा चीनजस्ता देशहरूको उन्नतीले ल्याउनसक्ने जोखिमको सामना गर्न एक राष्ट्रिय संकटकालको घोषणा गर्ने उल्लेख गरेका थिए । 

    चीनले भने कम्प्युटर चिप्स र अन्य संवेदनशील प्रविधिमा लगानी प्रतिबन्ध लगाउने अमेरिकी कमदको बारेमा ‘गम्भिर चिन्ता’ प्रकट गरेको छ । चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा वासिङ्टनले ‘विश्व अर्थतन्त्र र व्यापार साझेदारी तथा सयोगमा बाधा पुर्‍याएको’ र ‘विश्व अर्थतन्त्रको पुनरुत्थानको लागि अवरोध’ खडा गरेको आरोप लगाइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार