सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक

काठमाडौं । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन् ।अब उनकै  नेतृत्वमा आम निर्वाचन  हुनेछ ।कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । छलफलपछि अनवरको नाममा सहमति जुटेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

साझा पोष्ट
आइतबार, साउन २८ २०८०
  • images
    पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक
    images

    काठमाडौं । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन् ।अब उनकै  नेतृत्वमा आम निर्वाचन  हुनेछ ।

    images
    images

    कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । छलफलपछि अनवरको नाममा सहमति जुटेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

    images
    images

    पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्नेछ । देश आर्थिक संकटमा परेको, पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय भएको लगायतका थुप्रै उथलपुथलका बीच कार्यवाहक प्रधानमन्त्री अनवरलाई आम निर्वाचन शान्तिपूर्ण रुपमा गराउनुपर्ने जिम्मेवारी आइलागेको छ । अनवर उल हक काकर पाकिस्तानका चर्चित नेताहरु मध्येमा पर्दैनन् ।

    अनवर सन् २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । पछि सिनेटमा बलुचिस्तान अवामी पार्टीको संसदीय दलको नेता पनि बनेका थिए ।यसैबीच इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफले कठपुतली सरकार र विपक्षी दलको फर्जी नेताको सल्लाहमा कार्यवाहक प्रधानमन्त्रीमा अनवरलाई चयन गरिएको टिप्पणी गरेको छ ।

    अनवरले संवैधानिक र लोकतान्त्रिक अधिकारमा आँच आउन नदिने उसले विश्वास व्यक्त गरेको छ।मिडिया रिपोर्ट अनुसार अनवरको सम्बन्ध पाकिस्तानी सेनासँग निकै राम्रो छ । त्यसैले उनलाई निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित कार्यवाहक प्रधानमन्त्री चयन गरिएको चर्चा छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार