सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

यूक्रेनमा रुसी मिसाइल आक्रमणः ६ वर्षीया बालिकासहित ७ जनाको मृत्यु , ९० जना घाईते 

यूक्रेनमा रुसी मिसाइल आक्रमणः ६ वर्षीया बालिकासहित ७ जनाको मृत्यु , ९० जना घाईते 

काठमाडौं । रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा ६ वर्षीया बालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ । अरु ९० जना घइते भएका छन् ।  युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले सीमा क्षेत्र नजिकैको सहरमा विश्वविद्यालय र नाटकघरसहितका भवनहरूमा आक्रमण गरेको जनाएको छ ।

साझा पोष्ट
शनिबार, भदौ २ २०८०
  • images
    यूक्रेनमा रुसी मिसाइल आक्रमणः ६ वर्षीया बालिकासहित ७ जनाको मृत्यु , ९० जना घाईते 
    images

    काठमाडौं । रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा ६ वर्षीया बालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ । अरु ९० जना घइते भएका छन् । 

    images
    images

    युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले सीमा क्षेत्र नजिकैको सहरमा विश्वविद्यालय र नाटकघरसहितका भवनहरूमा आक्रमण गरेको जनाएको छ ।
     घाइतेको उपचार भइरहेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । आक्रमणमा परी घाइते भएकी ६ वर्षे बालिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

    images
    images

    युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की भने यतिबेला स्विडेनमा  छन् । त्यहाँ उनी प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, शाही परिवार र अन्य अधिकारीहरूसँग भेटघाट गर्न स्विडेन पुगेका छन् ।

    रुसले भने मस्कोमा युक्रेनले गरेको ड्रोन आक्रमण असफल भएको दाबी गरेको छ । झण्डै दुई वर्ष पुग्न लागेको रुस र युक्रेनको युद्ध विभिन्न विदेशी पक्षको पहलका बावजुद अझै टुंगिएको छैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार